काठमाडौं । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् ।
बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेल्नुभएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । नेपालका लागि सविता रानामगरले एक गोल गर्नुभएको थियो ।
तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी बनाउन सफल भएको थियो । नेपालले पहिलो खेलमा बहराइनको यू–१९ टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो र दोस्रो खेलमा नेपालले ३–० को जित निकाल्न सफल भएको थियो ।(रासस)


प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०४ पुस २०७६, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फुटबल टिमका मुख्य प्रशिक्षक म्याटले दिए राजीनामा
त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल : आज नेपाल र भारत भिड्ने
नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल आज
नेपाली महिला टोली आज भुटानसँग भिडदै
साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै