काठमाडौं । प्रमुख प्रतिपक्ष दल काँग्रेसमा गुट झाँगिदा पार्टी बैठक बस्न सकेको छैन् । पार्टी बैठक बस्नै सकस हुने गरी केही दिन यता नेताहरु गुटबन्दीमा लागेका छन् । आफ्ना अडानमा टसमस नहुंदा सहज निकास निस्कन सकेको छैन् । रामचन्द्र पौडेल पक्षलाई पेलेरै अगाडी जाने सभापति शेरवहादुर देउवाको योजना न अगाडी बढ्न सकेको छ, न पौडेलले देउवालाई गलाउनै सकेका छन् । बैठक बहिष्कारका श्रृंखलाका बीच भोलिसम्मका लागि बैठक नै स्थगित हुन पुगेको छ ।
पार्टी कार्यालय सानेपामा भन्दा पौडेल, देउवा, प्रकाशमान सिंह र शशांक कोइरालाका निवासमा बढी गुटगत भेला हुन थालेको छ । कार्यालयमा नेविसंघका विद्यार्थीहरुको प्रदर्शन मात्र छ । नेताहरुको गुटबन्दी निवासतिरै बढी देखिन थालेको छ । काँग्रेस देखिएको अवस्था यही हो । सभापति शेरवहादुर देउवा पार्टीका तल्लो तहसम्मको समायोजनको काम सकेपछि मात्र महाधिवशेन कार्यतालिका ल्याउने पक्षमा छ ।
पौडेल पक्ष महाधिवशेनको कार्यतालिका नल्याई नछोड्ने बताईरहेको छ । अहिले नमिलेको एजेण्डा पनि यत्ति नै हो । तर यसभित्र आगामी महाधिवशेनको नेतृत्व कसले उछिटाउने भन्ने भोट बैकहरुको रिहर्सल शुरु हुँदाको परिणति अहिलेको विवादको जड भएको काँग्रेसका जो कोही नेता कार्यकर्ताले पनि बुझेका छन् ।
यही बिच तेश्रो गुटका भनिएका नेता कृष्ण सिटौला पनि आफनो भूमिका वढाउन सक्रिय हुन थालेका छन् । उनी न वहिष्कार, न अल्पमत÷बहुमत भन्दै तेश्रो धारवाट आफनो भूमिका बढाउन खोजिरहेका छन् । उनको पनि यसभित्र आफनो गुट सञ्चालनको राजनीतिक पदचापको खोजी भएको काँग्रेस नेताहरुको बुझाई छ ।
निरन्तर पौडेल र देउवा पक्षका वीचको विवाद देखिन थालेपछि उनले भूमिका बढाउन थालेका हुन् । एउटा समुहको वहिष्कारका बीच अल्पमत र बहुमतले पार्टी निर्णय लिन नहुने भन्दै उनले सोमबार पार्टी कार्यलयमा देउवा पुगेका बेला पुगेर आफनो मत राखेका छन् । उता पौडेल पक्षलाई पार्टी बैठक बहिष्कार गरेर निश्र्कषमा पुग्न नसकिने भन्दै सहमतिमा आउन पौडेल पक्षलाई आग्रह गरिरहेका छन् ।
आज पनि सहमतिकालागि दुवै पक्ष आन्तरिक छलफलमा बस्दैछ । सिटौलाले पनि आफनो भूमिका बढाउन दाउ खोजिरहेका छन् । पौडेल पक्षले बैठक बहिष्कार नै गरिरहे देउवा पक्ष २०७७ को फागुन अन्तिमसम्म महाधिवशेन गराउने गरी कार्यतालिका ल्याउन लचिलो बन्न खोजेको छ । तर यसमा पनि पौडेल पक्षले मानेको छैन ।
उसले २०७७ को मंसिर ५ देखि ८ गते सम्म महाधिवेशनको मिति तोक्न भन्दै डेटलाइन नै सभापति देउवालाई बुझाएको छ । को झुक्ने भन्ने प्रतिस्पर्धाका वीच सिटौलाले भने आफनो भूमिका काग्रेसमा देखाउन अहिले दुवै पक्षका नेताहरुका बीचमा मध्यस्थताको खोजी शुरु गरेको उनी निकट नेताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ पुस २०७६, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?