काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतिले दुःखित र गम्भीर बनाएको बताएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बाढी पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि देशव्यापी सतर्कताका लागि अपिल गरेका छन् । विज्ञप्तिमा उद्धार र राहतमा युद्धस्तरमा लाग्न आग्रह गरिएको छ ।
‘३ प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद छ । नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौँको क्षति भएको छ । यो विपत्तिको समयमा उद्धार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा लेखिएको छ ।
वर्षाको समयमा हरेक वर्ष बाढी पहिरोको प्रकोप सामना गर्नु परेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नु परेको स्मरण गर्दै/स्मरण गराउँदै काँग्रेसले एक्यवद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गरेको छ । विज्ञप्तिमा नागरिक तहबाट राख्नु पर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपिल पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक