काठमाडौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रष्टाचार आरोप लागेका मन्त्रीलाई काखी च्यापेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् उनले मन्त्रीहरूले गर्ने भ्रष्टाचारमा कर्मकाण्डी शैलीमा राजीनामा मात्रै मागेको भन्दै प्रतिपक्षी दलको पनि आलोचना गरेका छन्।
‘मन्त्री क्वाटरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्। आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद् बैठकमा भाग लिन्छन्,’ भ्रष्टाचार आरोप लागेका एमाले नेतासमेत रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई इंगित गर्दै कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ।’
घुस डील प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सोमबार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। त्यसपछि उनी सोमबार साँझ आयोजित मन्त्रिपरिषद् बैठकमासमेत सहभागी भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिमरा घटनाप्रति शेखर कोइरालाको चिन्ता- संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला
कांग्रेसकै ऊर्जा भर्न हस्ताक्षर अभियान भएको हो : शेखर कोइराला
समयमै चुनाव हुने अपेक्षा लिएका छौं: शेखर कोइराला
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह