काठमाडौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भ्रष्टाचार आरोप लागेका मन्त्रीलाई काखी च्यापेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् उनले मन्त्रीहरूले गर्ने भ्रष्टाचारमा कर्मकाण्डी शैलीमा राजीनामा मात्रै मागेको भन्दै प्रतिपक्षी दलको पनि आलोचना गरेका छन्।
‘मन्त्री क्वाटरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्। आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद् बैठकमा भाग लिन्छन्,’ भ्रष्टाचार आरोप लागेका एमाले नेतासमेत रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई इंगित गर्दै कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ।’
घुस डील प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सोमबार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए। त्यसपछि उनी सोमबार साँझ आयोजित मन्त्रिपरिषद् बैठकमासमेत सहभागी भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ असार २०८२, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी छ : शेखर कोइराला