काठमाडौँ। नेपाली काँग्रेसले प्रदेश सरकार सञ्चालन र बजेटमा देखिएका असमझदारीमा छलफल गर्न केन्द्रीय प्रतिनिधि खटाउने भएको छ ।
पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश सरकारमा रहेका नेतासँग पार्टीको समन्वय र सहजीकरण गराउनका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । केन्द्रीय प्रतिनिधिले १ महिनाभित्रमा प्रतिवेदन बुझाउनु पर्नेछ ।
सरकारमा हुने व्यक्तिहरूले पार्टीसँग समन्वय गर्ने र परामर्श नगरिएको विषय काँग्रेस बैठकमा उठेको थियो । अर्कोतर्फ, प्रदेशमा काँग्रेसका आर्थिक मामिला मन्त्रीले प्रस्तुत गरेको बजेटमा पार्टीभित्रैबाट असन्तुष्टि व्यक्त भएको छ ।
a‘प्रदेश सरकार सञ्चालन सम्बन्धमा भएका गतिविधि र बजेट निर्माणमा देखिएका असमझदारी लगायतका सन्दर्भमा सातै प्रदेशमा पार्टीको प्रदेश कार्यसमिति, प्रदेश संसदीय दलसँग बैठक बसी पार्टीको तर्फबाट आवश्यक छलफल र सहजीकरण गर्न केन्द्रीय कार्यसमितिको तर्फबाट प्रतिनिधि खटाइनेछ,’ बैठकको निर्णयमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक