काठमाडौँ। नेपाली काँग्रेसले प्रदेश सरकार सञ्चालन र बजेटमा देखिएका असमझदारीमा छलफल गर्न केन्द्रीय प्रतिनिधि खटाउने भएको छ ।
पार्टी केन्द्रीय समितिको बैठकले प्रदेश सरकारमा रहेका नेतासँग पार्टीको समन्वय र सहजीकरण गराउनका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । केन्द्रीय प्रतिनिधिले १ महिनाभित्रमा प्रतिवेदन बुझाउनु पर्नेछ ।
सरकारमा हुने व्यक्तिहरूले पार्टीसँग समन्वय गर्ने र परामर्श नगरिएको विषय काँग्रेस बैठकमा उठेको थियो । अर्कोतर्फ, प्रदेशमा काँग्रेसका आर्थिक मामिला मन्त्रीले प्रस्तुत गरेको बजेटमा पार्टीभित्रैबाट असन्तुष्टि व्यक्त भएको छ ।
a‘प्रदेश सरकार सञ्चालन सम्बन्धमा भएका गतिविधि र बजेट निर्माणमा देखिएका असमझदारी लगायतका सन्दर्भमा सातै प्रदेशमा पार्टीको प्रदेश कार्यसमिति, प्रदेश संसदीय दलसँग बैठक बसी पार्टीको तर्फबाट आवश्यक छलफल र सहजीकरण गर्न केन्द्रीय कार्यसमितिको तर्फबाट प्रतिनिधि खटाइनेछ,’ बैठकको निर्णयमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ असार २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप