काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले अनुशासन समितिले गरेको निर्णयबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् ।
केन्द्रीय सदस्यहरू मधु आचार्य, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली र अजयबाबु सिवाकोटीले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्न माग गरेका हुन् ।
उनीहरूले केन्द्रीय समितिको बैठक बसेको समयमा अनुशासन समितिको निर्णय प्रस्तुत नगरी छलेर कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन् । पार्टीले गठबन्धन नगर्ने महासमिति र केन्द्रीय समितिबाट निर्णय भइसकेको अवस्थामा गठबन्धनकै विषयलाई लिएर अहिले अनुशासनको डण्डा चलाइनु खोटपूर्ण रहेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ असार २०८२, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन : कांग्रेस
काँग्रेसद्वारा भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्ने निर्णय
काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने
सानेपामा काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी