इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामको सचिवालय बैठकले नगर तथा गाउँपालिकाको इञ्चार्ज र सह–इञ्चार्ज चयन गरेको छ ।
नेकपाको इलाम नगरपालिकाको इञ्चार्जमा भक्त केसी तथा सह–इञ्चार्जमा कृष्ण श्रेष्ठ र जीवन शर्मा ढुङ्गाना, सूर्योदय नगरपालिकाको इञ्चार्जमा तेजबहादुर राई (विजय) तथा सह–इञ्चार्जमा आरवि राई र नरेश तामाङ (अमर) चयन हुनुभएको छ ।
यस्तै, देउमाई नगरपालिकाको इञ्चार्जमा शान्ता बस्नेत (सर्कल) तथा सह–इञ्चार्जमा सूर्य पोखरेल र गोविन्द न्यौपाने (यात्री), माई नगरपालिकाको इञ्चार्जमा महेश बस्नेत तथा सह–इञ्चार्जमा वुद्धि खनाल र दीपक सिन्चुरी रहनुभएको छ भने चुलाचुली गाउँपालिकाको इञ्चार्जमा ओमनारायण खनाल तथा सह–इञ्चार्जमा विन्दु विश्वकर्मा र न्युशन राई, माङ्सेबुङ गाउँपालिकाको इञ्चार्जमा किरणकुमार राई तथा सह–इञ्चार्जमा तारा पौडेल (समीक्षा) रहनुभएको नेकपा इलामले जनाएको छ ।
यसैगरी फाकफोकथुम गाउँपालिकाको इञ्चार्जमा राजकुमार थापा (सन्देश) तथा सह–इञ्चार्जमा छत्र सुब्बा, सन्दकपुर गाउँपालिकाको इञ्चार्जमा उमेश गुरुङ तथा सह–इञ्चार्जमा याम राई र भोजप्रसाद खतिवडा (भीष्म) रहेको नेकपा इलामका कार्यालय सचिव नवराज शङ्करले जानकारी दिनुभयो ।
यस्तै, माईजोगमाई गाउँपालिकाको इञ्चार्जमा कुविरमान राई तथा सह–इञ्चार्जमा जीतबहादुर राई र दाताराम सन्जेल, रोङ्ग गाउँपालिकाको इञ्चार्जमा चित्रकला बराइली तथा सहइञ्चार्जमा देवकुमार राई र विष्णुमाया खवास चयन हुनुभएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ३० मंसिर २०७६, २० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तयारी सुदृढ बनाउन नेकपाले सातै प्रदेशमा नेताहरूलाई खटायो
आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबाट अलग भएको समूह नेकपामा समाहित
बद्री न्यौपाने नेकपामा प्रवेश
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित
लेखक तथा विश्लेषक युग पाठक नेकपा प्रवेश
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं