काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।
‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरूपमा कार्यान्वयन गरेको छ’, मन्त्री ज्ञवालीले भने, ‘नाकाबन्दी कार्यान्वयन गरेको बारेमा सरकारले औपचारिक रूपमा राष्ट्रसंघलाई जानकारी गराइसकेको छ।’
उक्त मुलुकका नागरिकले नेपालमा खोलेका उद्योग सबै बन्द भएका छन्। त्यसमा काम गर्दै आएका उत्तर कोरियाली सबै प्योङयाङ फर्किएका छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ३० मंसिर २०७६, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेरचाह कार्य पेसा मात्र नभएर मानवीयता पनि हो: परराष्ट्रमन्त्री
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी र उद्धार गर्न परराष्ट्रमन्त्रीको निर्देशन
गठबन्धन सरकार बन्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि सुधार्न मद्दत पुग्यो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री र मुख्यसचिवसँग नवनिर्वाचित परिसंघ पदाधिकारीको छलफल
परराष्ट्रमन्त्री डा. राणा स्वदेश फिर्ता
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह