सुर्खेत । प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जना नक्कली पक्राउ परेका छन्। शनिबार विहान सुरु भएको प्रहरी जवानको परीक्षामा अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तका अनुसार श्रीकृष्ण संस्कृत तथा साधारण मावि परीक्षा केन्द्रबाट १८ जना, इगरब्रिज माविबाट दुई जना र सुर्खेत क्याम्पस (शिक्षा) बाट दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। एसपी पन्तले नक्कली परीक्षार्थीमाथि अनुसन्धान सुरु गरिएको छ। ‘प्रारम्भीक अनुसन्धानपछि मुद्धा प्रक्रिया सुरु गछौं,’ एसपी पन्तले भने।नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २९ मंसिर २०७६, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)