धुनुषा । धनुषा बम विस्फोट विप्लव समूहले गराएको खुलासा भएको छ । सो विस्फोटमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान गएकोमा प्रहरीले शनिबार बिहान ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रामेश्वर कार्कीले पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेको जानकारी दिए ।
उनीहरुमाथि अनुसन्धान थालिएको प्रहरी कार्कीले बताए । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिब ४ सय मिटरको दुरीमा पर्ने राजेश साहको नवनिर्मित घरमा विस्फोट हुँदा साहसहित प्रहरी इन्सपेक्टर अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु भएको थियो । यस्तै अन्य ४ जना घाइते भएका छन् । घटनापछि धनुषामा त्रास फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ मंसिर २०७६, १३ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपाको माग
नयाँ कम्युनिस्ट केन्द्र बनाउने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा विचार मिल्नेसँग एकता गर्न वार्ता टोली गठन
भ्रष्टाचारले नेपाल खायो : विप्लव
‘प्रचण्ड’ले ‘विप्लव’लाई सुनाए नेकपासँग एकता गर्ने पार्टीको निर्णय
८४ को चुनावमा आफ्नो विचारको बलमा प्रतिस्पर्धा गर्छौँ : विप्लव