काठमाडौं । दुई वर्षअघि मकवानपुरका राहुल शर्मा (नाम परिवर्तन) लाई एक अपरिचित युवतीले विदेशबाट भाइबरमा सम्पर्क गरिन् । नचिनेको नम्बरबाट भाइबरमा सन्देश आएपछि राहुलले सुरुमा चासो दिएनन् । ती युवतीले उनलाई पुनः सन्देश पठाइन् ।
‘म स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डोनेसियाको कर्मचारी हुँ, मेरा आफन्त सेलिङ सुमनका नाममा बैंकमा ८ करोड यूएस डलर छ, सुमनको निधन भएका कारण बैंकको रकम झिक्न पाएको छैन, मलाई तपाईंको हेल्प चाहिएको छ,’ विदेशी महिलाबाट यस्तो सन्देश पाएपछि राहुल दंग परे । लोभिए । अनि भाइबरमै ती युवतीलाई जवाफ पठाए, ‘यसमा म तपाईंलाई के सहयोग गर्न सक्छु ?’
युवतीले तुरुन्तै लेखिन्, ‘तपाईं बैंकमा भएको सुमनको प्रोपर्टी दाबी गर्न यहाँ आउनुपर्यो, यसका लागि ‘सेलिङ अफ सुमन एट जिमेल डटकम’ ठेगानाको इमेल खाता खोल्नुपर्छ ।’ युवतीको आग्रहमा राहुलले नयाँ इमेल खाता खोले । भाइबर र इमेलमा दुई जनाबीच इन्डोनेसियाको बैंकमा भएको रकमबारे कुराकानी हुन थाल्यो । ती युवतीले नेपाल आएर राहुलसँग बिहे गर्ने अनि प्रक्रिया पुर्याएर फर्किने बाचा गरिन् । राहुल राजी भए । बैंकमा रहेको डलर झिकेर खाता बन्द गर्नेबारे पनि पटक–पटक कुराकानी भयो । बैंकको ८ करोड झिकेर खाता बन्द गर्न केही डलर आवश्यक भएकाले नेपालबाट पठाइदिन राहुललाई ती युवतीले फेरि इमेल पठाइन् । यससम्बन्धी लामो कुराकानीपछि युवतीलाई पैसा पठाउन राहुल तयार भए । युवतीले काठमाडौंमा भएका रमेश खड्काको ठेगाना दिइन् । राहुल युवतीलाई पैसा पठाउन रमेशको सम्पर्कमा पुगे । राहुलले रमेशको खातामा पटक–पटक गरी ७ लाख रुपैयाँ इन्डोनेसियाकी युवतीलाई पठाइदिन भन्दै जम्मा गरे ।
राहुलले रमेशको खातामा ७ लाख रुपैयाँ जम्मा गरेपछि न रमेश सम्पर्कमा आए, न ती विदेशी युवती । कान्तिपुर दैनिकमा ठगीमा भएकाे प्रयाेगबारे याे समाचार छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २८ मंसिर २०७६, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
ठगी गरेको आरोपमा २ जना पक्राउ
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी गरेको अभियोगमा दुई जना पक्राउ