सुर्खेत । प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिनुभयो । “घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ ।” (रासस)

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २५ मंसिर २०७६, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या