सुर्खेत । प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिनुभयो । “घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ ।” (रासस)


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २५ मंसिर २०७६, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण