नेपालका लागि नयाँ राजदुत खोज्दै दिल्ली

अखिलेश मिश्र, गोपाल बग्ले र जावेद अशरफ बढी चर्चामा

सफल खबर संवाददाता

मंगलबार, २४ मंसिर २०७६, ०८ : ४३
नेपालका लागि नयाँ राजदुत खोज्दै दिल्ली

काठमाडौं । नेपालका लागि भारतीय राजदुतको खोजीमा यतिवेला दिल्ली छ । वर्तमान राजदुत मन्जीव सिंह पुरी सेवानिवृत्त भएपछि नयाँ दिल्ली नयाँ राजदूतका लागि खोजीमा लागेको हो । भारतीय राजदूत पुरी यही डिसेम्बर अन्तिममा भारतीय विदेश सेवाबाट सेवानिवृत्त हुँदैछन् ।

सेवा निवृत्त हुने भएपछि उनले नेपालमा राजनीतिक नेताहरुसँग बिदाई भेटघाट शुरु गरिसकेका छन् । उनले हिजो (सोमबार)  नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालसँग बिदाई भेट गरेका थिए ।

सीमा विवाद समाधानका लागि सरकारले वरिष्ठ नेता नेपाललाई विशेष दुत बनाएर पठाउने चर्चा चलिरहेका बेला राजदुत पुरी नेपाल भेटन उनकै निवास कोटेश्वर पुगेका थिए । भारतीय राजदूत पुरी डिसेम्बरको अन्त्यमा भारतीय विदेश सेवाबाट सेवानिवृत्त भएपछि धेरैले सोच्दैछन् कि अर्को राजदूत को हो, विशेष गरी चीन र अमेरिका दुबैले काठमाडौंमा हुने गतिविधिमा बढी रुचि देखाईरहेका बेला दक्षिणी छिमेकी मुलुक भारतले नेपालमा आफनो प्रभाव राख्नका लागि कस्तो राजदुत पठाउँछ ? अहिले यही चर्चा कुटनीतिक वृत्तमा हुन थालेको छ ।

पुरीको प्रस्थान हुनु भन्दा २० दिन भन्दा कम समयको साथमा, नयाँ दिल्लीले अझै एउटा नामको निर्णय गर्न सकेको छैन । भारतले आफ्नो काठमाडौं मिसन लामो समयसम्म खाली राख्न मन पराउँदैन । दिल्ली स्रोतहरुका अनुसार भारतले नयाँ राजदुतका रुपमा अनेक मान्छेहरुको सुक्ष्म अध्ययन गरिरहेको छ । त्यसमध्ये नयाँ राजदुतका लागि अखिलेश मिश्र, गोपाल बग्ले र जावेद अशरफ अलिक बढी चर्चामा छन् ।

उनीहरु सबैले काठमाडौंको दुतावासमा बसेर काम गरिसकेका छन् । मिश्रा र बग्ले दूतावासको प्रेस एण्ड कल्चरल शाखामा थिए भने अशरफ आर्थिक कन्सुलरको रूपमा कार्यरत थिए । मिश्रले नेपाल र भुटानलाई संभालिरहेको विदेश मन्त्रालयमा संयुक्त सचिव (उत्तर) को रूपमा पनि काम गरिसकेका छन ।

बग्ले प्रधानमन्त्रीको कार्यालयमा छन् । जबकि अशरफ सिंगापुरमा भारतीय उच्चायुक्तको रूपमा सेवा गरेर भर्खर नयाँ दिल्ली फर्केका छन् । मिश्र भारत सरकारको स्वायत्त सांस्कृतिक संगठन भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का महानिर्देशक पनि हुन् ।

केही दिनभित्रै भारतले नेपालका लागि राजदुतका बारेमा निर्णयमा पुग्ने बताईएको छ । पुरीका ठाउमा आउने नयाँ राजदूतले कालापानी र सुस्तामा भएको सीमा विवाद सुल्झाउने, प्रबुद्द समूह प्रतिवेदन पेश गर्ने, र चीनबीच बढ्दो प्रतिस्पर्धाको बीचमा भारतीय प्रभाव कायम राख्ने जस्ता चुनौतीपूर्ण चुनौतीहरूको सामना गर्नुपर्नेछ । भारतीय दुतावास स्रोतका अनुसार यी तीन नाम बाहेक अन्य केहीको नाममा पन दिल्लीले अहिले भित्री अध्ययन गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस