काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
आइतबार गृह मन्त्रालयमा भएको दुई पक्षीय भेटमा प्रतिनिधिसभा निर्वाचनको शान्ति सुरक्षा लगायत बारेमा कुराकानी भएको छ ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन्।
भारत सरकारले दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध सुमधुर ढंगले अघि बढ्ने बताउँदै निर्वाचन सफल बनाउन खेल्न पर्ने भूमिका लागि भारत सधैँ सकारात्मक रहेको श्रीवास्तवले बताए ।
मन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै सरकारले शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचार रहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको र घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढंगमा सम्पन्न गर्न अहोरात्र लागि परेको जानकारी गराएका थिए ।
भेटमामा मन्त्री अर्यालले भारत सरकारले नेपालप्रति राखेको मित्रवत भावनाप्रति धन्यवाद दिँदै नेपाल र भारतबीच कायम रहेको सम्बन्ध सधैँ निरन्तर रहने बताए ।
सोही भेटमा, दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्त्वपूर्ण रहने विचारसमेत मन्त्री अर्यालले राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०८२, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी
धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा कडाइ गर्न गृहमन्त्री अर्यालको आग्रह
भूकम्प सुरक्षा दिवसलाई दीर्घकालीन जनचेतना अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ : गृहमन्त्री अर्याल
‘विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्छौँ’ : गृहमन्त्री अर्याल
‘म कुनै दलमा सहभागी छैन’ : गृहमन्त्री अर्याल
कर्णाली पुगेर गृहमन्त्री अर्यालले भने : ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’