काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।
आइतबार गृह मन्त्रालयमा भएको दुई पक्षीय भेटमा प्रतिनिधिसभा निर्वाचनको शान्ति सुरक्षा लगायत बारेमा कुराकानी भएको छ ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन भयरहित वातावरणमा प्रभावकारी रूपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन्।
भारत सरकारले दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध सुमधुर ढंगले अघि बढ्ने बताउँदै निर्वाचन सफल बनाउन खेल्न पर्ने भूमिका लागि भारत सधैँ सकारात्मक रहेको श्रीवास्तवले बताए ।
मन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको बताउँदै सरकारले शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचार रहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकतामा रहेको र घोषणा गरिएको निर्वाचन तोकिएकै मितिमा भयरहित र शान्तिपूर्ण ढंगमा सम्पन्न गर्न अहोरात्र लागि परेको जानकारी गराएका थिए ।
भेटमामा मन्त्री अर्यालले भारत सरकारले नेपालप्रति राखेको मित्रवत भावनाप्रति धन्यवाद दिँदै नेपाल र भारतबीच कायम रहेको सम्बन्ध सधैँ निरन्तर रहने बताए ।
सोही भेटमा, दुई देशबीच खुला सीमा रहेको तथ्यलाई मध्यनजर गर्दै निर्वाचन अघि र निर्वाचनको समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको भूमिका महत्त्वपूर्ण रहने विचारसमेत मन्त्री अर्यालले राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ कार्तिक २०८२, २१ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचन सुशासन कायम गराउन सफल भयो’ : गृहमन्त्री अर्याल
‘मतपेटिका ल्याउँदा सेनाको गाडीले पनि स्कर्टिङ गर्न सक्छ’ : गृहमन्त्री अर्याल
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्ने गृहमन्त्री अर्यालको प्रतिबद्धता
‘फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो’ : गृहमन्त्री अर्याल
धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे गृहमन्त्री अर्याल
निर्धक्क भएर फागुन २१ को मतदान प्रक्रियामा भाग लिन गृहमन्त्री अर्यालको आग्रह