काठमाडौँ । यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पाले दुर्घटनामा ज्यान गुमाउँदा नेपाल पर्वतारोहण संघका अध्यक्ष रहेका आङछिरिङ शेर्पालाई धेरैले श्रद्धाञ्जली दिए । नाम र कार्यक्षेत्र एउटै हुँदा यस्तो अवस्था आएको थियो ।
आजको दृष्टि साप्ताहिक लेख्छ–नाम मिलेकै कारण एक उपसचिवले अहिले घुस्याहा भन्दै गाली खाइरहेका छन् । अभद्र व्यवहार मुद्दाका आरोपसँग घुस खाएको आरोपमा दोलखाका सीडीओ खगेन्द्रप्रसाद रिजालले घुस खाएको विषय बाहिर आयो । उनलाई सरुवा गरेर गृहमन्त्रालयले छानबिन थालेको छ ।
तर, यतिबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत उपसचिव खगेन्द्र रिजालले तनाव झेलिरहेका छन् । किनकि दुवैको जनाको नाम र थर एकै र दुवैको पद पनि उपसचिव । आफन्तहरुले फने गरेर तनाव दिएपछि प्रम कार्यालयमा कार्यरत उपसचिव रिजालले फेसबुकबाटै स्पष्टीकरण दिनुपरेको छ ।
घुस खाने रिजाल गोरखाका हुन् भने प्रम कार्यालयका रिजाल दैलेखका हुन् । घुस खाने रिजाल विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहायक प्रवक्ता थिए । उनी लोकमानसिंह कार्कीका विश्वासपात्र थिए ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २४ मंसिर २०७६, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ