काठमाडौं । साईप्रसको पापोस शहरमा एक नेपाली विद्यार्थीले आत्महत्या गरेको खबर छ ।
झापा जिल्लाको दमक स्थायी घर भएका २३ वर्षीय धकराज कार्कीले आत्महत्या गरेका हुन् ।
आइतबार बिहान आफ्नो कोठामा झुन्डिएको अवस्थामा कार्कीलाई फेला पारिएको साइप्रस प्रहरीले जनाएको छ।
६ महिनाअघि विद्यार्थी भिसामा त्यहाँ पुगेका कार्की निकोसिया सहरको सिटी युनिटी कलेजमा अध्ययनरत थिए ।
परिवारको आर्थिक स्थिति कमजोर भएको र त्यहाँ काम पाउन समस्या परेकाले मानसिक तनावका कारण उनले आत्महत्या गरेको हुनसक्ने साईप्रस प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ मंसिर २०७६, १८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रका जवानद्वारा हिरासतभित्रै आत्महत्या
लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै युवतीद्वारा आत्महत्याको प्रयास