एजेन्सी । फिनल्याण्डकी वर्तमान यातायात मन्त्री साना मरिन सत्तारुढ सोसियल डेमोक्रेटिक पार्टीकी नेता चुनिएकी छिन् । ३४ वर्षिया मरिनले यही हप्ता प्रधानमन्त्रीको रुपमा सपथ लिनेछिन् ।
उनले अब पाँच दलको मध्य–वामपन्थी गठबन्धनको नेतृत्व गर्नेछिन् । ती सबै दलका नेतृत्वमा महिला नै छन् ।
प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीमा नेतृत्वको लागि चुनाव भएको थियो । रेनीले गठबन्धन सदस्यबाट विश्वासको मत गुमाएपछि राजिनामा दिनु परेको थियो ।
मरिन प्रधानमन्त्री बनेपछि उनी फिनल्याण्डको इतिहासको सबैभन्दा कान्छी प्रधानमन्त्री हुनेछिन् ।
त्यस्तै उनी वर्तमान विश्वका सत्तासिन सरकार प्रमुखमध्ये सबै कम उमेरकी प्रधानमन्त्री हुनेछिन् । अहिले ३५ वर्षे युक्रेनका प्रधानमन्त्री आलेक्सी होन्चरुक विश्वका सबैभन्दा कान्छो प्रधानमन्त्री रहेका छन् ।
पार्टीको नेतृत्वको लागि भएको मतदानमा साँघुरो मतान्तरले विजयी भएकी मरिनले जितपछि बोल्दै भनिन् ,‘हामीले विश्वास पुनरनिर्माण गर्नको लागि धेरै काम गर्नुपर्छ ।’
संचारकर्मीले उमेरबारे गरेको प्रश्नमा मरिन भनिन् ,‘मैले कहिल्यै पनि आफ्नो उमेर वा लिंगबारे सोच्दिनँ । म राजनीतिमा प्रवेश गर्नुको कारण र निवार्चनमा जुन कुरामा विश्वास दिलाएर जितेका छौं त्यसमा ध्यान दिन्छु ।’
मरिन नोर्डिक देशको तेस्रो महिला प्रधानमन्त्री हुदैछिन् । मरिनको पार्टी सोसल डेमोक्रेट्स अप्रिलमा भएको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भएकाले त्यसका नेताले गठबन्धन सरकारको नेतृत्व गर्न पाउँछन् ।
फिनिस प्रसारक वाईएलईका अनुसार मरिनलाई एक्ली आमाले हुर्काएकी थिइन् र उनी आफ्नो परिवारबाट विश्वविद्यालय जाने पहिलो व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २३ मंसिर २०७६, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
एघारौँ विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
निष्पक्षता कायमका लागि लोक सेवा आयोगको जनविश्वास प्रबल छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह
संसद अवरोध अन्त्यमा नेतृत्व गर्न किन चुक्दैछन् प्रधानमन्त्री ओली ?