प्रचण्ड र आलीबीच भेटवार्ता

विहीबार, २५ माघ २०७४, १६ : ०७
प्रचण्ड र आलीबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । आज सम्पन्न भेटवार्ता मा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।

पार्टी एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने विषयमा उनीहरूबीच कुराकानी भएको सचिवालयले जानकारी दियो । आजको छलफल अनुसार भोलि एकता संयोजन समितिको बैठक बस्नेछ । एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस