काठमाडौं। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) छविलाल जोशी तीन करोड रुपैयाँ बैंक जमानत बुझाएपछि रिहा भएका छन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत बिहीबार सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई बिगो बराबरको जमानतमा रिहा गर्न आदेश दिँदै छविलाल जोशीको हकमा पनि सक्कल जमानतसहित निवेदन पेश गरे पुनःविचार गर्न निर्देशन दिएको थियो।
सोही आदेशअनुसार जोशीले एकमुष्ट तीन करोड रुपैयाँको बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको रुपन्देही जिल्ला अदालतले जनाएको छ।
यसअघि सहकारी ठगीसम्बन्धी मुद्दामा जोशी पुर्पक्षका लागि थुनामा रहेका थिए। अब उनी जमानतमा रही मुद्दाको प्रक्रिया सामना गर्नेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०८२, २२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राजीनामा दिनुस्, नत्र थुतेर ल्याउँछु’ भन्दै धम्काउने शाही वैदेशिक ठगी र बैंकिङ कसुरमा दुई उजुरी दर्ता पहिलै !