काठमाडौँ । माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन जेड प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ । सो क्रममा निकोलस भुसालसहित दर्जन बढी युवालाई नियन्त्रणमा लिइएको छ ।
यसअघि पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै माइतीघर पुगेका निकोलसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै मिराज ढुंगाना, रविकिरण हमालसहितका जेन जेड ‘संयुक्त आन्दोलन’ भन्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका छन् । केही घाइते पनि त्यहाँ पुगेका छन् ।
तर, प्रशासनको अनुमतिबिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ । सोक्रममा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेलसमेत भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ पुस २०८२, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
सामाजिक अभियन्ता डा. निकोलस भुसाल प्रहरीको न्यायिक हिरासतमा
डा. निकोलस भुसाल रिहा