काठमाडौँ । सरकारी टोलीले जेन जेड आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालय अनुगमन गरेको छ ।
सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पुगेर अनुगमन गरेको हो ।
टोलीले अनुगमनका साथै पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका छन् ।
कानुन मन्त्री अनिलकुमार सिन्हा, सञ्चार मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो ।
यसअघि आजै टोलीले नेपाली काँग्रेस र नेकपा एमालेको कार्यालय पनि अनुगमन गरेको थियो ।
जेन जेड आन्दोलनका क्रममा गत भदौ २४ गते काँग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरवार, संसद् भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यावसायि प्रतिष्ठानहरूमा आगजनी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, १५ : १५
लेखकबाट थप