काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन् ।
उक्त योजना अनुसार नै सोमबार राति अबेरसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)सँग छलफल भएको उनको भनाइ छ ।
‘नयाँ र वैकल्पिक भनिएकाहरूलाई संवादमार्फत एकै ठाउँमा प्रयासस्वरुप हामी लागिरहेका छौँ। टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ,’ उनले भने ।
उनले फेरि पनि छलफलको तयारी भएको र त्यसपछिमात्रै राजनीतिक छलफल हुने बताए । उनले हामी नेपाली नामक एनजीओका सुदन गुरुङ र ऊर्जा मन्त्री कुलमान घिसिङसँग पनि छलफलको तयारी भएको बताए ।
‘अरूसँग पनि कुरा भएको छ । सुदन गुरुङजीसँग, कुलमानजीसँग पनि कुरा गर्छौँ,’ उनले भने, ‘रास्वपाले गर्छ नै यो रास्वपाको जिम्मेवारी नै हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने