काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ८ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन जीसीलाई स्याङ्जा, स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय, सर्लाहीका गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानुन शाखा र प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाहीमा सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।
त्यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रे, काभ्रेका जयराज सापकोटालाई २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर, धादिङका एसपी राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा र कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीलाई धादिङमा काज सरुवा गरिएको छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २२ मंसिर २०७६, ०६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ
दुई हबलदारसहित १५ जना प्रहरी सम्पर्कविहीन
स्वागत नेपालसँग प्रहरी लियो करिब ६ घण्टा बयान
भुपेन्द्र खत्री सहित ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस
बाक्लो हिउँ परेपछि सिमकोट सर्यो लिमी प्रहरी चौकी
चितवनका ३ ईन्सपेक्टरको सरुवा