काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ८ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालय कानुन शाखाका एसपी जनार्दन जीसीलाई स्याङ्जा, स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय, सर्लाहीका गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानुन शाखा र प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाहीमा सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।
त्यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रे, काभ्रेका जयराज सापकोटालाई २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर, धादिङका एसपी राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा र कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीलाई धादिङमा काज सरुवा गरिएको छ । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २२ मंसिर २०७६, ०६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो लुम्बिनी प्रदेश प्रहरी
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)