चितवन । अटो पल्टिदा पुर्विचितवनमा ५ जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका ४ चेपाङ मार्गको भित्री सडक खण्डमा चौकी डाँडातर्फ गइरहेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रीत भई पल्टिदा अटोमा सवार ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
साँझा ६ः १५ बजे भएको सो दुर्घट्नामा परी मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेको जनाईएको छ । मृत्यु हुनेमध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्याम प्रसाद तिवारीको मात्रै परिचय खुलेको प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए । अन्य ४ जनाको परिचय खुल्न बाँकी रहेको जनाईएको छ ।
दुर्घट्नामा अटोका चालकसहित ६ जना गम्भिर घाईते भएका थिए । ३ जनाको पुरानो मेडिकल कलेजमा र २ जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एक अन्दाजी २५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा गम्भिर अवस्थामा उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ मंसिर २०७६, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु