धनुषा । धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ भडरीबाट मंसीर २१ गते एपीएफ टोलीले ७ लाख २ हजार ७ सय २ रुपैयाँ बराबरको एक सय २६ ग्राम एक सय मिलि ग्राम सुन तथा ५ लाख ५ हजार ६४ रुपैयाँ बराबरको ६ केजी ८ सय ५० ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मधुवनी गोब्राही घर बताउने ४० बर्षिय जयप्रकाश यादव छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषा र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट देवढियाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेका निज यादवलाई जाँच गर्दा उल्लेखित सुन र चाँदी फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
रौतहट जिल्लाको राजदेवी नगरपालिका ६ सेडवास्थित सीमा ईलाकाबाट मंसीर २० गते एपीएफ टोलीले करीब तीन लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो ।
भारतबाट अवैध रुपले भन्सार छली अटोमा राखेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा बरामद गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ मंसिर २०७६, १७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो,चाँदी स्थिर
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?