सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

बुधबार, १० असार २०८३, ११ : १४
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार ६०० ले रुपैयाँले घटेर दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार सुन तोलामा दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १०५ रुपैयाँले घटेर चार हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा चार हजार ५९० मा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस