भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा आफ्नै आमा र बाबुको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ओमसतिया गापा–४ सानो बालापुरका २८ वर्षीय गोरख यादव । उनले घरमा बसिरहेको अवस्थामा आफ्नो ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा ठगना यादवको खुर्पा प्रहार गरेर हत्या गरेको भन्दै पक्राउ परेका हुन् ।
साथै ५२ वर्षीय दाजु जोगिन्द्र यादवमाथि पनि उनले खुर्पा प्रहार गरेर घाइते बनाएका छन् । जोगिन्द्रको पनि बायाँ हातमा चोट लागेको छ । उनको भैरहवास्थित युसिएमएस मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अभियुक्तले पहिले बावुको र पछि आमाको हत्या गरेको स्वीकार गरेका छन् । बावुको घटनास्थलमै मृत्यु भएको हो भने आमाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । आमामाथि खुर्पा प्रहार गर्दा दाजुले जोगाउन खोज्दा दाजुमाथि पनि खुर्पा प्रहार गरी घाइते बनाएको रुपन्देही प्रहरीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।
यादवको मानसिक सन्तुलन बिग्रिएर औषधि सेवन गर्दैआएको प्राराम्भिक अनुसन्धानमा खुलेको उनले बताए । खुर्पा प्रहार गर्ने यादवलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको उनले जनाए । मृतकहरुको शवलाई पोस्टमार्टमका लागि भैरहवा भिम अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अन्नपुर्ण दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २१ मंसिर २०७६, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या