भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा आफ्नै आमा र बाबुको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ओमसतिया गापा–४ सानो बालापुरका २८ वर्षीय गोरख यादव । उनले घरमा बसिरहेको अवस्थामा आफ्नो ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा ठगना यादवको खुर्पा प्रहार गरेर हत्या गरेको भन्दै पक्राउ परेका हुन् ।
साथै ५२ वर्षीय दाजु जोगिन्द्र यादवमाथि पनि उनले खुर्पा प्रहार गरेर घाइते बनाएका छन् । जोगिन्द्रको पनि बायाँ हातमा चोट लागेको छ । उनको भैरहवास्थित युसिएमएस मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अभियुक्तले पहिले बावुको र पछि आमाको हत्या गरेको स्वीकार गरेका छन् । बावुको घटनास्थलमै मृत्यु भएको हो भने आमाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । आमामाथि खुर्पा प्रहार गर्दा दाजुले जोगाउन खोज्दा दाजुमाथि पनि खुर्पा प्रहार गरी घाइते बनाएको रुपन्देही प्रहरीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।
यादवको मानसिक सन्तुलन बिग्रिएर औषधि सेवन गर्दैआएको प्राराम्भिक अनुसन्धानमा खुलेको उनले बताए । खुर्पा प्रहार गर्ने यादवलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको उनले जनाए । मृतकहरुको शवलाई पोस्टमार्टमका लागि भैरहवा भिम अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अन्नपुर्ण दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २१ मंसिर २०७६, ०६ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या
कैलालीमा घरायसी विवादमा श्रीमतीले गरिन श्रीमानको हत्या