गल्फमा नेपाललाई ऐतिहासिक दुई स्वर्ण

सफल खबर संवाददाता

शुक्रबार, २० मंसिर २०७६, १४ : १४
गल्फमा नेपाललाई ऐतिहासिक दुई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका सुभाष तामाङले स्वर्ण पदक जितेका छन् ।

गोकर्ण गल्फ कोर्समा शुक्रबार बंगलादेशका खेलाडीलाई पराजित गर्दा  सुवास तामाङले नेपालाई स्वर्ण पदक दिलाएका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो ।

सुवासले कुल १४ अन्डर २ सय ७४ स्कोर कार्ड बनाए भने बंगलादेशका मोहम्मद फरहादले ६ अन्डर २ सय ८२ मा सिमित रहे । सुवास व्यक्तिगतसँगै टिम इभेन्टतर्फ पनि स्वर्ण पदकमाथि कब्जा जमाउन सफल भए ।  टिम इभेन्टमा नेपालबाट सुवाससहित शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस