काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपनिर्वाचनको परिणामलाई उत्साहजनक भएको बताएका छन् । उद्यपि उनको पार्टीले लज्जास्पद पराजय बेहोरेको छ ।
पहिला आफ्ना पार्टीका ६ जनासमेत नभएको स्थानमा ६०० मत हासिल गरेको भन्दै उनले उपनिर्वाचनमा आफ्नो पार्टीले ल्याएको परिणामलाई स्वीकार गरेका हुन् ।
सोमबार उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘के पिपरामा मनोनयनको एक महिना अघिसम्म हाम्रा पक्षमा ६ जना खुलेर आउने अवस्था थियो ?’ पिपराको कुनै वडा र टोलमा आफ्नो पार्टीको स्थानीय समितिसमेत नरहेको अवस्थामा उपनिर्वाचनमा आएको मत उत्साहजनक रहेको उनको भनाइ छ ।
उनले पार्टीको सदस्यता वितरण, समिति निर्माणजस्ता गतिविधिलाई प्राथमिकतामा राखेर दैनिक रुपमा मेहनत गर्नुपर्ने खाँचो पनि औंल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ मंसिर २०७६, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्नो पार्टी सरकारमा छ भन्दैमा रातलाई दिन भन्न सक्दिनँ : सिके राउत
कोप–२८ मा भाग लिन सिके राउत दुबई प्रस्थान
मूल ठेकेदारको लापरबाहीले आयोजनाहरूको काममा ढिलाइ : सिके राउत
विद्यालय शिक्षा विधेयक संघीयता विरोधी छ : सिके राउत
किसानले भोग्दै आएको समस्या समाधान हुनुपर्छ : डा.सिके राउत
प्रधानमन्त्री प्रचण्ड र सीके राउतबीच भेटवार्ता, सरकारमा जान जनमत सकारात्मक