काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएको प्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गरेका छन् ।
राउतले सामाजिक सञ्जालमा लेखेका छन् , “पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रम स्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ । यसको हामी घोर भर्त्सना गर्दछौँ”,
आजै नाउपा र जनमत पार्टीबीच एकता घोषणा गर्ने भनिएता पनि चौधरी पक्राउ परेपछि घोषणा कार्यक्रम स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हामी तुरून्तै प्रधानमन्त्री र मन्त्री बन्न राजनीतिमा आएको होइनः सिके राउत
राज्यको षड्यन्त्रमा रविलाई पक्राउ गरियो : सिके राउत
विश्वमै गणतन्त्र लोकप्रिय र उत्कृष्ट व्यवस्था सावित : डा राउत