काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको बेडबाटै १३ औं सागको उद्घाटन समारोह हेरेका छन् ।
सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ गरेकी थिइन् । सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा अध्यक्ष प्रचण्डलगायत पुगेको भएपनि ओली भने स्वास्थय अवस्थाका कारण सहभागी हुन पाएनन् ।
एपेन्डिसाइटिसको अपरेशन पछि अस्पतालमै आराम गरिरहेका ओलीले अस्पतालकै बेडबाट साग लाइभ हेरेको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् ।
आफूहरुले दशरथ रंगशालामा ओलीलाई बेस्सरी मिस गरेपनि प्रमले भने समारोह मिस नगरेको रिमालले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
१३ औं सागको भव्य उद्घाटन भन्दै रिमालले ट्वीटरमा लेखेका छन्, ‘हामीले दशरथ रंगशालामा प्रधानमन्त्रीलाई बेस्सरी मिस गर्यौँ। तर उहाँले समारोह मिस गर्नु भएन। अस्पतालको बेडबाटै प्रत्यक्ष प्रशारण पुरै हेर्नु भयो।
वाइफाइ व्यबस्थापनको लागि अस्पताल प्रशासनलाई धेरै धेरै धन्यवाद !’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ मंसिर २०७६, २१ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली