काठमाडौं । कास्की २ सहित देशै भरका सबै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान भएको छ । कास्की २ मा मतदान स्थललाई लक्षित गरेर बम विस्फोट समेत भएको थियो तर मानवीय क्षति भने भएको छैन ।
मतदान सकिएसँगै मतपेटिकाहरु संकलन गर्ने काम सुरु भएको छ । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ७० प्रतिशत मत खसेको अनुमान छ । यद्यपि एकिन विवरण आउन बाँकी छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्वाचनको मतदानमा ७५ दशमलव ७९ प्रतिशत मतदान भएको छ । जम्मा आठ हजार ४८० मतदाता रहेकोमा छ हजार २५० जनाले मतदान गरेका थिए । तीनवटा मतदान केन्द्र रहेको यस उपनिर्वाचनमा मोहनपुर माविमा एक हजार ३६, दूर्गा शेषकान्त उच्च माविमा दुई हजार ६१७ र ढड्डाघारी केन्द्रमा दुई हजार ५९७ जनाले मतदान गरेका छन् । बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको थियो । शान्तिपूर्ण रुपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । मतपेटिका भरतपुर ल्याईंदै छ । जिल्ला अदालतमा मत गणना हुने बताईएको छ । जहाँ जाली हालेर सुरक्षित समेत बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ मंसिर २०७६, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय