चितवन । स्थानीय तह उपनिर्वाचन अन्तर्गत चितवनको तीन वटा वडामा शान्तिपूर्ण तरिकाले मतदान जारी छ ।
भरतपुर महानगरपालिका वडा नं १६ र खैरहनी नगरपालिका वडा नं ४ र ५ मा अहिलेसम्म शान्तिपूर्ण रुपमा चुनाव भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिहान ७ बजेबाट भएको चुनावमा तिन वटै वडामा मतदाताहरुको उत्साहपूर्ण सहभागिता रहेको छ । मध्यान्ह १२ बजेसम्ममा चितवनका ३ वटा वडामा ६ हजार १ सय ९३ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गाविस भवन मोहनपुर मतदान केन्द्रमा ६९८, दुर्गा शेषकान्त अधिकारी मावि विजयनगरमा १५७३, मावि ढड्ढाघारीमा १५१४ मत खसेको छ । यस्तै जनएकता आधारभुत विद्यालय हात्तिलेटमा ९३३, राप्रावि कुनाघीमा ५६९ र राष्ट्रिय आधारभुत विद्यालय सलौली मतदान स्थलमा ९०६ मत खसेको जनाइएको छ ।
भरतपुर १६ मा ८ हजार ४८१ मतदाता रहेका छन भने खैरहनी ४ मा २ हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् । यसअघिको निर्वाचनमा भरतपुर १६ मा नेकपा, खैरहनी ४ र ५ मा नेपाली काँग्रेस विजयी भएको थियो । तीन वडामा वडाध्यक्षको निधनपछि उपनिर्वाचन भएको हो ।
सम्बन्धित वडामा शुरक्षा व्यवस्था कडा बनाइएको छ । अनुमति पत्र विना कुनै पनि सवारी साधानलाई आवतजावतमा रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ मंसिर २०७६, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
रुपन्देही-३ उपनिर्वाचनमा २७ दलले दिए २८ निवेदन
रुपन्देही ३ को उपनिर्वाचनमा माओवादीको एक्लो होमवर्क : मत परीक्षण कि चुनावी उदय ?
उपनिर्वाचनका लागि दल दर्ताको आह्वान
रुपन्देही निर्वाचन क्षेत्र ३ मा हुने उपनिर्वाचनको तयारीमा जुट्यो एमाले
रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय