चितवनको चुनाव शान्तिपूर्ण, कति खस्यो मत ?

सफल खबर संवाददाता

शनिबार, १४ मंसिर २०७६, १० : ५०
चितवनको चुनाव शान्तिपूर्ण, कति खस्यो मत ?

चितवन । चितवनको तीन वटा वडामा शान्तिपूर्ण तरिकाले चुनाव भइरहेको छ । भरतपुर महानगरको वडा नं १६ र खैरहनी नगरपालिकाको वडा नं ५ र ४ मा यतिबेला शान्तिपूर्ण चुनाव भइरहेको चितवन प्रहरीले जनाएको छ । बिहान ७ बजेबाट भएको चुनावमा मतदाताहरुको उत्साहपूर्ण सहभागिता रहेको छ । 

चितवनको भरतपुर १६ मा तीन वटा मतदान स्थलमा यतिबेला मतदान जारी छ । यस वडामा कुल ८ हजार ४८१ मतदाता रहेका छन् । विहान ९ बजेसम्ममा गाविस भवन मोहनपुर मतदान केन्द्रमा २१३ मत, दुर्गा शेषकान्त अधिकारी मावि विजयनगरमा ५१९ मत, मावि ढड्ढाघारीमा ४६० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

चितवनको खैरहनी नगरपालिका वडा नं ४ मा ४६२ र वडा नं ५ मा २६८ मत खसेको जानकारी आएको छ । वडा नं ४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ मतदाता रहेका छन् ।

यसअघिको निर्वाचनमा भरतपुर १६ मा नेकपा, खैरहनी ४ र ५ मा नेपाली काँग्रेस विजयी भएको थियो । तीन वडामा वडाध्यक्षको निधनपछि उपचुनाव भएको हो । 

प्रतिक्रिया दिनुहोस