बेत्रावती । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा पार्टी एकतापछि रिक्त रहेको नेतृत्वको जिम्मेवारी बाँडफाँट भएको छ । पार्टी कार्यालयका पदाधिकारीको शुक्रबार काठमाडौँमा सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको संयोजक र सचिव चयन गरेको छ भने १२ वटै स्थानीय तहमा अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज चयन गरेको नेकपा नुवाकोटका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचन क्षेत्र नं १ को संयोजकमा पदम उप्रेती र सचिवमा राजन गौतमलाई जिम्मेवारी दिइएको छ । क्षेत्र नं २ को संयोजकमा राजकुमार रेग्मी ‘सन्देश’ र सचिवमा हरि अधिकारी चयन हुनुभएको छ । प्रदेशसभा १ (क) को संयोजकमा बलराम आचार्य र सचिवमा राजन श्रेष्ठ, प्रदेशसभा १ (ख) को संयोजकमा सुवास तामाङ र सचिवमा जीतबहादुर घलेलाई जिम्मेवारी दिइएको छ ।
प्रदेशसभा २ (क) को संयोजकमा नवीन पुडासैनी र सचिवमा माधव पाण्डे, प्रदेशसभा २ (ख) को संयोजकमा गणेश श्रेष्ठ र सचिवमा सुवास तामाङलाई जिम्मेवारी दिइएको छ । बैठकले स्थानीय तहअनुसार जिल्लाको १२ वटै पालिकाको इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ ।
नेतृत्व चयनको क्रममा दुई पार्टी साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मध्ये एकअर्को गरेर बराबर सङ्ख्यामा पद विभाजन गरिएको छ । प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहमा पदीय विभाजनका लागि ७२ पदमा महिला एक मात्र किस्पाङ गाउँपालिकाको सहइन्चार्जमा श्रीमाया लामा चयन हुनुभएको छ । नेकपा नुवाकोटका नारायणप्रसाद खतिवडाको अनुसार वडा कमिटी विस्तार गर्न सम्बन्धित स्थानीय तहको नेतृत्वलाई जिम्मेवारी दिइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ मंसिर २०७६, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपाले राजेन्द्र श्रेष्ठलाई पार्टीमा भित्राउँदै गर्दा घनश्यामले भित्राउनेछन् चन्ददेव जोशीलाई