बेत्रावती । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा पार्टी एकतापछि रिक्त रहेको नेतृत्वको जिम्मेवारी बाँडफाँट भएको छ । पार्टी कार्यालयका पदाधिकारीको शुक्रबार काठमाडौँमा सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको संयोजक र सचिव चयन गरेको छ भने १२ वटै स्थानीय तहमा अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज चयन गरेको नेकपा नुवाकोटका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचन क्षेत्र नं १ को संयोजकमा पदम उप्रेती र सचिवमा राजन गौतमलाई जिम्मेवारी दिइएको छ । क्षेत्र नं २ को संयोजकमा राजकुमार रेग्मी ‘सन्देश’ र सचिवमा हरि अधिकारी चयन हुनुभएको छ । प्रदेशसभा १ (क) को संयोजकमा बलराम आचार्य र सचिवमा राजन श्रेष्ठ, प्रदेशसभा १ (ख) को संयोजकमा सुवास तामाङ र सचिवमा जीतबहादुर घलेलाई जिम्मेवारी दिइएको छ ।
प्रदेशसभा २ (क) को संयोजकमा नवीन पुडासैनी र सचिवमा माधव पाण्डे, प्रदेशसभा २ (ख) को संयोजकमा गणेश श्रेष्ठ र सचिवमा सुवास तामाङलाई जिम्मेवारी दिइएको छ । बैठकले स्थानीय तहअनुसार जिल्लाको १२ वटै पालिकाको इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ ।
नेतृत्व चयनको क्रममा दुई पार्टी साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मध्ये एकअर्को गरेर बराबर सङ्ख्यामा पद विभाजन गरिएको छ । प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहमा पदीय विभाजनका लागि ७२ पदमा महिला एक मात्र किस्पाङ गाउँपालिकाको सहइन्चार्जमा श्रीमाया लामा चयन हुनुभएको छ । नेकपा नुवाकोटका नारायणप्रसाद खतिवडाको अनुसार वडा कमिटी विस्तार गर्न सम्बन्धित स्थानीय तहको नेतृत्वलाई जिम्मेवारी दिइएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १४ मंसिर २०७६, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग
जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
नियमावलीले प्रधानमन्त्रीलाई पनि संसद्प्रति जवाफदेही बनाउनुपर्छ: नेकपा
संसदमा सरकारका कदमविरुद्ध सशक्त भूमिका निर्वाह गर्ने नेकपाको निर्णय
नेकपाले सार्वजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका