चितवनको सुन्दर नगरी मेघौली, गोलाघाट

विहीबार, १२ मंसिर २०७६, १२ : ०३
चितवनको सुन्दर नगरी मेघौली, गोलाघाट

– राजन पराजुली
हिजो आज नेपालीहरू पनि एक ठाउँमा मात्र सीमित भएर रहँदैनन् । आजकल प्राय धेरै नेपाली घुम्न एकदम मन पराउँछन, अझ भनौ साथी, प्रेमी जोडी, बैबाहिक जीवनमा बाँधिएका जोडी रमाईलो गर्ने उद्देश्यले हिंड्ने र गेट टुगेदर मनाउन नयाँनयाँ ठाउमा जाने क्रम आजकल निकै धेरै बढेका छन् । त्यस्तै ठाउँ मध्य एक ठाउँ हो चितवनको मेघौली, गोलघाट जो पर्यटकको दृष्टिले एकदम सुन्दर र हरियाली रहेको छ । एकातिर राप्ती नदी अनि अर्को तिर नारायणी नदी बग्दैबग्दै दुबै नदी एकै ठाउँमा मीसीएको ठाउँ हो गोलाघाट ।

भरतपुर देखि करबी २८ ३ द्दड(घण् किलोमिटर पश्चिम चितवनमा रहेको यस ठाउँमा घुम्दा छुट्टै आनन्द महसूस गर्न सकिन्छ । साँझमा सूर्य अस्ताएको दृश्य नारायणी र राप्ती दुबै नदी मिसिएको ठाउँबाट हेर्दा आफू स्वर्गमा पुगेको महसूस गर्न सकिन्छ । 

एका तिर नारायणी नदीको खलखल आवाज आर्को तिर राप्ती नदीको झलझल आवाज त्यस माथि चरा चुरूंङ्गीको चिरचिर आवाजमा रमाउन पाउँदा प्रकृतिको वास्तविक मज्जाले नाच्न पाईन्छ । राप्तीको पछाडि रहेको राष्टिय निकुञ्जभित्र हात्तीमा चढेरअवलोकन गर्दा मन नै आनन्दित हुन्छ । राष्टि«य निकुञ्जभित्र बाघ, एक सिङ्गे गैडा, मृग, चितुवा, मयुर, बाँदर, भालु जस्ता कयौँ जनावरहरूलाई सजिलोसँग देख्न सकिन्छ । पानी हाँसले राप्ती नदीमा माछा समाई रहेको दृश्य अनि नदीको किनारमा गोही देख्दा छुट्टै संसारमा पुगेको अनुभव हुन्छ ।

मेघौली, गोलाघाटमा एउटै जनजाति मात्र बसोबास गर्दैनन् यहाँ बाहुन, थारू, तामाङ, मगर, भोटे, कुमाल ईत्यादि जातजाति बसोबास गर्ने गर्छन् । गोलाघाटमा आउने पाहुनालाई त्यहाँका बासिन्दाले राम्रो संस्कारले स्वागत गर्ने गर्छन् । गोलाघाटमा राप्ती र नारायणी मिसिएको ठाउँ भएका कारण पनि त्यो दृश्य हेर्न अनि रमाईलो प्रकृतिसँग रमाउन हजारौँ बाहीरी मुलुकबाट पर्यटकहरु साथै आफ्नै देशका कयौँ जिल्लाबाट हरेक दिन आउने गर्छन् । गोलाघाटमा रहेका होटलमा नारायणीको मिठो र ताजा माछाका परिकार खान आउने पनि सयौं भेटिन्छन । गोलाघाटमा लज, होटल पनि धेरै नै बनि सकेका छन् । विशेष गरेर बाहिर ठाउँबाट आउनेहरूको लागि ध्यानमा राखेर यहा बस्नको लागि राम्रो व्यवस्था मिलाइएको छ । गोलाघाटमा माघे संक्राति अनि एकादशीमा ठूलो मेला लाग्ने गर्छ ।

आन्तरिक र बाह्य प्रयटकलाई ध्यानमा राखेर मेघौलीमा होम स्टेको पनि व्यवस्था गरिएको छ । मेघौलीमा थारु जातीको पुराना संस्कृतीलाई जोगाउनेभन्दै संग्रहालय पनि बनाइएको छ । त्यस संग्रहालयमा थारू जातीका पुरानो भेषभूषा अनि रहनसहन सजिलै देख्न सकिन्छ । मेघौलीबाट अलिकति पर राप्ती नदीको छेउमा ठूलाठूला फाईभ स्टार सरहका करोडौको लगानीमा होटलहरू रहेका छन् । विदेशबाट आउने प्रयटकलाई मध्य नजर राखेर त्यहाँ होटल निर्माण गरिएको छ । केही वर्ष अगाडि भुतपूर्व राजा ज्ञानेन्द्र शाह पनि मेघौली घुम्नको लागि आउँदा उक्त होटलमा बसोबास गर्नु भएको थियो । पोखराको बाराही होटलले मेघौलीको राप्ती नदी छेउमा होटल बाराही बनाएको छ, भने सिजि ग्रुपले पनि सिजि होटल बनाएको छ । मेघौलीमा घुम्ने र रमाउने उद्देश्यले वर्षभरीमा देस भित्रका र बाहीरका गरी लाखौं प्रयटक आउने गरेको पाईन्छ । विशेष गरी गोलघाटमा डुंगा सयर, राष्टि«य निकुञ्ज भ्रमण, एक सिङ्गे गैंडा अवलोकन साथसाथै नारायणीको स्वच्छ माछा खानको लागि नै धेरै पर्यटक आउने गरेको पाइन्छ ।

मेघौली पर्यटन व्यवसाय एकदम धेरै भएको ठाउँ हो तर राज्यले यस ठाउँलाई विशेष ध्यान दिएको जस्तो पाईंदैन । साथै यहाँका स्थानीय राजनीतिक दलका नेताहरूले पनि केन्द्रसम्म मेघौली, गोलाघाटको विकासबारे ध्यान पुर्याउन सकि रहेका छैनन् । भरतपुर देखि गोलाघाट पुग्ने बाटोघाटो राम्रो नहुनुले पनि चाहे जति प्रयटक मेघौली गोलघाटसम्म पुग्न सकि रहेका छैनन् । राप्ती नारायणीको मिसावट भएकाले यस क्षेत्रमा राज्यले ध्यान दिन सक्ने हो भने वर्षमा लाखौं लाख प्रयटकलाई भित्र्याएर धेरै आम्दानी हासिल गर्न सकिन्छ । गोलाघाटमा पिकनिक स्थल बनाएर प्रचारप्रसार गर्न सकियो भने पनि पर्यटक भित्र्याउन सकिन्थो । पहिले पहिले मेघौली महोत्सव, हात्ती पोलो अनि मेघौली विमानस्थलमा जहाज आवतरण गर्ने गरिन्थो तर आजकल राज्यको ध्यान नपुगेको कारण त्यो पनि हराई सकेको अवस्था छ ।

थारू जातीले बनाएको घोंगि, चिचर खान आउने मान्छेको चाप पनि धेरै देख्न सकिन्छ । नारायणी र राप्तीको सुन्दर दृश्य हेर्दै आनन्दसँग प्रकृतिको काखमा लडिबुडी खेल्न पाउँदाको अनुभव भिन्न किसिमको रहन्छ । गोलाघाटमा हात्ती सफारी पनि रहेको छ जसबाट हात्तीमा चडेर जगल अवलोकन गर्न सकिन्छ । गोलाघाटमा चार वटा करोडौं खर्च गरेर बनाईएका ठूला होटलहरू रहेका छन् । साना तिना होटल सयौं छन् । अझ विशेष गरी नयाँ वर्ष, दशैं तिहार जस्ता पर्वहरूमा गोलाघाटमा देस भित्रकै र देस बाहिरका सयौं पर्यटकहरू आउने गरेको पाइन्छ । राष्टि«य निकुञ्जभित्र गाडीमा बसेर अवलोकन गर्नको लागि पनि व्यवस्था मिलाइएको छ । प्रकृतिले भरिएको सुन्दर ठाउँ चितवनको मेघौली गोलघाट आउने होईन त घुम्न ?
 

प्रतिक्रिया दिनुहोस