काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी विद्रोहको अनुसन्धान प्रतिवेदन अझैसम्म तयार पार्न सकेको छैन । आयोगले घटनाका बारेमा अध्ययन प्रतिवेदन तयारपार्न अझै केही समय लाग्ने बताएको छ ।
खासगरी तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र तत्कालिन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको बयान लिन बाँकी रहेको र उनीहरुसँगको बयान पछि प्रतिवेदनलाई पूर्णरुप दिने आयोगले जनाएको छ ।
बयानका लागि आयोगलाई दुवै नेताले आफुहरु ब्यस्त रहेको प्रतिक्रिया दिएको र समय मिल्ने वित्तिकै बयान लिएर प्रतिवेदनलाई अन्तिम रुप दिने बताएको छ । ओलीले पार्टीको महाधिवेशनको ब्यस्तता देखाएका छन् भने लेखकले पनि पार्टी बैठक, महाधिवेशन तयारी लगायतका कारण देखाएका छन् ।
एमालेको महाधिवेशन मंसिर २७ देखि २९ र कांग्रेसको महाधिवेशन माघ २६ देखि २८ सम्म तय भएको छ । यधपी आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन भने बुझाइसकेको छ ।
गत भदौं २३ र २४ को जनेजी विद्रोहको घटनामा ७६ जनाको मृत्यु भएको थियो । मानव अधिकार आयोगले यस्ता घटनाहरुको स्वःअध्ययन अनुसन्धान गदै प्रतिवेदन तयार पारेर घटनाका दोषीलाई कारवाही गर्न सरकारलाई सिफारिस गदै आईरहेको थियो । तर गत भदौंको जेन जी आन्दोलनको भने आयोगले पारम्भिक टिप्पणी गर्ने बाहेक प्रतिवेदन तयार पार्न नसकेको हो ।
जेनजी विद्रोहको बेलाको घटनाको छानबिन गर्न र प्रतिवेदन तयार पार्न आयोगले आयुक्त लिली थापा नेतृत्वको टिमलाई जिम्मेवारी दिएको थियो । उनले प्रतिवेदन अन्तिम चरणमा रहेको र केही काम टुंग्गो लगाएर प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भईरहेको बताइन् ।
‘घटनासँग सम्बन्धित १५४ जनाका बयान हामीले संकलन गरिसकेका छौँ,’ आयुक्त थापाले भनिन्, ‘हामी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको बयानका लागि पर्खिरहेका छौँ । हामी छिटट्ै उनीहरुको समय निकालेर हामीसँग कुरा गर्नुहुनेछ भन्ने आशमा बसेका छौं ।’
यही घटना छानबिन गर्न सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग बनाएको छ । उसले पनि ओली र लेखकसँग बयान लिन बाँकी छ । ओलीले कार्की नेतृत्वको जाँचबुझ आयोगलाई बयान दिन लुरुलुरु नजाने बताएका छन् । मानव अधिकार आयोगसँगको बयानमा भने ओलीले कुनै टिप्पणी गरेका छैनन ।
आयोगले प्रारम्भिक अध्ययनमा जेन जी आन्दोलनको तीव्रता पूर्वानुमान गर्न नसक्नु तथा सुरक्षा निकायको मनोबल खस्किनु दुई कारणले ठूलो धनजनको क्षति भएको निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ मंसिर २०८२, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अधिकार आयोगको प्रतिवेदनप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि
जेन जेड आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
ओली, लेखक र गुरुङलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस
अनलाइन सञ्चारमाध्यम नियमन कडा बनाउन मानव अधिकार आयोगको सरकारलाई निर्देशन
सुकुम्वासीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगको टोली स्थलमा
मधेस प्रदेश प्रमुखसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेस