तपाईँसँग सीप छ परीक्षण गराउनुस् ?

सफल खबर संवाददाता

विहीबार, १२ मंसिर २०७६, ०८ : ५५
तपाईँसँग सीप छ परीक्षण गराउनुस् ?

काठमाडौँ । के तपाईँसँग कुनै सीप छ ? सीप छ भने परीक्षण गराउँदा लाभदायक हुन्छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदको राष्ट्रिय सीप परीक्षण समितिले सीप परीक्षणका लागि दरखास्त आह्वान गरेको छ । १६ वर्ष उमेर पुगेका औपचारिक तथा अनौपचारिक जुनसुकै तरिकाबाट सीप हासिल गरेका वा वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकले आफूलाई पायक पर्ने सीप परीक्षण केन्द्रमा दरखास्त दिन सक्ने सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस