काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । मंगलबार एक्कासी पेट दुखेर अस्पताल भर्ना भएको उनको एपेन्डिसाईटिसको शल्य क्रिया गरिएको थियो । शल्यक्रिया पछि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भएसंगै भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया भएको हो । प्रधानमन्त्री ओलीलाई केहीदिन अस्पतालमै बसेर आराम गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ मंसिर २०७६, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र
पत्रकार महासंघले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझायो
थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्रीलाई भेट्न पुगे गृहमन्त्री गुरुङ
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने