काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । मंगलबार एक्कासी पेट दुखेर अस्पताल भर्ना भएको उनको एपेन्डिसाईटिसको शल्य क्रिया गरिएको थियो । शल्यक्रिया पछि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भएसंगै भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया भएको हो । प्रधानमन्त्री ओलीलाई केहीदिन अस्पतालमै बसेर आराम गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ मंसिर २०७६, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता