धरान । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संवैधानिक आयोगलाई खेलौना बनाउन खोजेको आरोप लगाएका छन् । धरानको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले, प्रधानमन्त्री केपी ओलीले एदकलीय व्यवस्था लाद्न खोजेको भन्दै सचेत रहन कार्यकर्तालाई आह्वान गरे ।
‘स्वतन्त्र न्यायलयलाई सीमित व्यक्तिको घेरामा राख्न खोजिएको छ,’ उनले भने । प्रधानमन्त्रीलाई शक्तिको उन्माद जागेको भन्दै देउवाले अख्तियारलाई ‘ब्ल्याकमेल आयोग’ बनाउन खोजिएको समेत आरोप लगाए ।
उनले सीमित व्यक्तिको घेराभित्र मात्र संवैधानिक परिषद राखेर शाही आयोग जस्तो बनाएर जनतालाई ब्ल्याकमेल गर्न खोजेको कुरा काँग्रेसले नमान्ने उनले बताए । कालापानीमा भारतीय सेना राखेको बारे सर्वदलीय बैठकमा बोलाएर राय दिइएको बारेमा पनि प्रधानमन्त्री बोल्न नसकेको आरोप उनको थियो । उनले कम्युनिस्टको राष्ट्रवादको टोपी कालापानीमा झरेको टिप्पणी समेत गरे ।
देशको भूमि कुनै पनि हालतमा सुम्पन नसकिने भन्दै स्पष्ट अडानका साथ भूमि फिर्ताको लागि पहल गर्न देउवाले माग गरे । सभामा नेताहरु विमलेन्द्र निधि, रामशरण महत, महेश आचार्य, गगन थापा, डिला संग्रौला लगायतले बोलेका थिए ।अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ११ मंसिर २०७६, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार