धरान । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संवैधानिक आयोगलाई खेलौना बनाउन खोजेको आरोप लगाएका छन् । धरानको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले, प्रधानमन्त्री केपी ओलीले एदकलीय व्यवस्था लाद्न खोजेको भन्दै सचेत रहन कार्यकर्तालाई आह्वान गरे ।
‘स्वतन्त्र न्यायलयलाई सीमित व्यक्तिको घेरामा राख्न खोजिएको छ,’ उनले भने । प्रधानमन्त्रीलाई शक्तिको उन्माद जागेको भन्दै देउवाले अख्तियारलाई ‘ब्ल्याकमेल आयोग’ बनाउन खोजिएको समेत आरोप लगाए ।
उनले सीमित व्यक्तिको घेराभित्र मात्र संवैधानिक परिषद राखेर शाही आयोग जस्तो बनाएर जनतालाई ब्ल्याकमेल गर्न खोजेको कुरा काँग्रेसले नमान्ने उनले बताए । कालापानीमा भारतीय सेना राखेको बारे सर्वदलीय बैठकमा बोलाएर राय दिइएको बारेमा पनि प्रधानमन्त्री बोल्न नसकेको आरोप उनको थियो । उनले कम्युनिस्टको राष्ट्रवादको टोपी कालापानीमा झरेको टिप्पणी समेत गरे ।
देशको भूमि कुनै पनि हालतमा सुम्पन नसकिने भन्दै स्पष्ट अडानका साथ भूमि फिर्ताको लागि पहल गर्न देउवाले माग गरे । सभामा नेताहरु विमलेन्द्र निधि, रामशरण महत, महेश आचार्य, गगन थापा, डिला संग्रौला लगायतले बोलेका थिए ।अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ११ मंसिर २०७६, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंगापुरबाट फर्किदै देउवा, पार्टीमा आफैं सक्रिय हुने तयारी
देउवाको साथ छोड्दै गगनसंग नजिकिए यि कांग्रेसी नेता
पार्टी सत्ताबाट देउवाको शान्त बिदाई
यस्तो छ जेनजी आन्दोलनपछि पहिलो पटक देउवाको सम्बोधन (पूर्णपाठ)
जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा
देउवाको शुभकामना सन्देश : राजनीतिक निकास यही संविधानभित्रबाट खोज्न सकिन्छ