सुनचाँदीको मूल्य घट्यो

सफल खबर संवाददाता

आइतबार, ०८ मंसिर २०७६, १२ : ०३
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।  साताको अन्तिम दिन तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य ७१ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको महासंघको भनाइ छ।  चाँदी आइतबार तोलामा रु ५ घटेर तोलामा ८५५ मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस