भोजपुर । भोजपुरमा एक महिला रकम लिएर सम्पर्कविहीन भएकी छन् । षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएकी २७ वर्षीया आशा राई सार्कीले श्रीमान्को रु दुई लाख लिएर बेपत्ता भएकी हुन् ।
भोजपुर सदरमुकामस्थित एक जुत्ता पसलमा काम गर्दै आएका उनका श्रीमान् एकबहादुर सार्कीकी श्रीमती आशाले घरमा राखेको रु दुई लाख लिएर गत कात्तिक १८ गते सम्पर्कविहीन भएको एकबहादुरले बताउनुभयो । नगदसहित घरमा भएको अन्य लत्ताकपडा पनि लिएर श्रीमती बेपत्ता भएको श्रीमान् एकबहादुरले जानकारी दिनुभयो ।
एकबहादुरले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको र जो कसैले भेटेमा खबर गरिदिनसमेत आग्रह गरिएको प्रहरीले जनाएको छ । श्रीमान् एकबहादुर र आशाकी सात वर्षीया एक छोरी र पाँच वर्षीय एक छोरा छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पौडी खेल्ने क्रममा आँधीखोलामा एक जना बेपत्ता
मलेसियामा बेपत्ता भएका गोपाल आठ वर्षपछि घर आइपुगे
महोत्तरीबाट १५ देखि २० वर्ष उमेर समूहका ५ किशोरी ३ दिनदेखि बेपत्ता
कीर्तिमानी आरोही तेन्जेन शिसापाङ हिमपहिरोमा परी बेपत्ता
सेती नदीमा डुबेर दुई बालक बेपत्ता
सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता