सिराहा । सिराहाकाे सखुवानन्कारकट्टी गाउँपालिका-३ स्थित परीयारपुरका शिवकुमार यादवका छोरा १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन्।
सोमबार बिहान नुहाउने क्रममा उनी नदीमा डुबेका प्रहरीले जनाएको छ।
बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहित खोजतलासमा तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ७ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए।
बलान नदीको पानी धमिलो हुनुका साथै बगेर आउने बालुवाको थुप्रोले खोजीमा कठिनाइ उनले बताए।
नदीको बहाव, पानीको गहिराइ र जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले प्रदेश कार्यालय बर्दिबासमार्फत गोताखोर टोलीको माग गरेको थियो। गाेताखाेर टोली मंगलबार बिहान मात्र घटनास्थलमा पुग्ने बताइएकाे छ।
नदीले बालकलाई बगाएर भारतीय सीमा पार गराएको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै भारतीय सुरक्षाकर्मीसँग समन्वय गरिरहेको भण्डारीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ साउन २०८२, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मादी नदीले बगाएर एक जना बेपत्ता
खोलाले बगाउँदा एक युवक बेपत्ता
४९ जना सवार रुसी जहाज बेपत्ता, खोजी कार्य तीव्र
भेरी र नारायणीमा बेपत्ता भएका दुई जनाको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन
सप्तकोशीमा बेपत्ता २ जना अझै भेटिएनन्, खोजी जारी
पौडी खेल्न गएका दुई बालक नारायणी नदीमा बेपत्ता