काठमाडौं । मन्त्रिपरिषद् पूर्नगठन भएसँगै नवनियुक्त मन्त्रीहरुको आज सपथ ग्रहण हुदैछ । राष्ट्रपति भवन शितलनिवासमा अहिले विहान ११ वजे मन्त्रीहरुको सपथ ग्रह्णको कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए ।
राष्ट्रपति कार्यालय अहिले सपथ ग्रह्ण कार्यक्रमको तयारीमा जुटेको छ । प्रधानमन्त्री ओलीले हिजो आफनो मन्त्रिपरिषद्वाट ६ मन्त्री र ३ राज्यमन्त्रीलाई पदमुक्त गदै त्यसमा नयाँ अनुहार लाई नियुक्त गरेका थिए । पुन{गठित मन्त्रीमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओलीले राज्यमन्त्री बनाएका छन् ।
चक्रपाणि खनाल, मातृका यादव, गोकर्ण विष्ट, थममाया थापा, लालबाबु पण्डित र रघुवीर महासेठ र राज्यमन्त्रीहरु धनबहादुर बूढा, रामकुमारी चौधरी र सुरेन्द्र कुमार यादव लाई प्रधानमन्त्री ओलीले हटाएका थिए । सत्ता साक्षेदार दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयवाट झिकेर कानुन मन्त्रालयको जिम्मेवारीमा सारेका छन् ।
उपेन्द्रले सम्हाल्दै आएको मन्त्रालयमा भने यसअघि कानुनमन्त्री भानुभक्त ढकाललाई लगिएको छ । उपेन्द्रको मन्त्रालय मात्र फेरिएको छैन, उनको पार्टीले यस अगाडी पाएको एउटा राज्यमन्त्री समेत अहिले खोसिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ मंसिर २०७६, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
महिलाको जीवनस्तरमा परिवर्तन नभई समृद्ध राष्ट्र बन्दैन : मन्त्री बादी
पूर्वराजादेखि बहालवाला मन्त्रीसम्मलाई जोगाएर ‘सम्पत्ति छानबिन’ !
नवनियुक्त दुई मन्त्रीले लिए सपथ
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?