‘बालुवा’ ले  परिवारमा ल्याएको खुसी

उर्गेन तामाङ

बुधबार, ०४ मंसिर २०७६, ०८ : ५३
‘बालुवा’ ले  परिवारमा ल्याएको खुसी

उर्गेन तामाङ, 
चितवन । हरेक वर्षको साउन, भदौ, असोज र कार्तिक महिना बालुवा मजदुरका लागी कमाइ गर्ने मुख्य सिजन हो । खोलामा बाढी आउने ३ देखि ४ महिनाको यो सिजनमा बाढीले बगाएर ल्याएको बालुवा नै उनीहरुका लागि हातमुख जोड्ने र जिविकोपार्जन गर्ने मुख्य श्रोत बन्ने गर्छ । बाहिर सिजनमा बालुवा बेचेरै घर खर्च चलाउने परिवार नेपालमा धेरै छन । उनिहरुले नदीलाइ आर्थिक स्रोतका रुपमा लिने गर्छन् ।
धादिङको गजुरी गाँउपालिका ६ की देविमाया तामाङले विगत २६ वर्षदेखि त्रिशुली नदीबाट बालुवा निकालेर बेच्दै आएकी छिन । खोलाबाट बालुवा झिक्नु सजिलो काम नभए पनि सिजनमा राम्रै कमाइ हुने उनि बताउछिन । आधा कपाल फुलीसकेकी ५५ वर्षीय देवीले २०५० सालदेखि बालुवा निकाल्दै आएकी छिन । उनि भन्छिन्, ‘खान, लगाउन खर्च पुगिरहेको छ, अहिलेसम्म यसरी नै चलिरहेको छ ।’ अब हात खुट्टा चलुञ्जेल गर्ने, नसकेको दिन छोराले हेर्लान् नी ।’
घरखर्चका लागी अहिलेसम्म कसैसँग ऋण माग्नु नपरेको देवी बताउछिन । सिजनमा बालुवा निकालेर बेच्ने गरे पनि हिउँद लागेपछि गाउँघरका विभिन्न विकास निर्माणमा रोजगारीका लागी जाने गर्दछन । जाँगर लगाउने हो भने कहिल्यै खाली बस्नु नपर्ने उनि बताउछिन् । घरमै बस्ने बृद्ध अवस्थाका श्रीमानलाइ पनि आफैले कमाएर खुवाउछिन् । बाहिर रोजगारीका काम नभएको समयमा भने घरमै तरकारी उत्पादन गरेर बेच्ने गर्छिन ।


देवीका दुइभाइ छोराहरु नजिकै छुट्टिएर बसेका छन् । छोराहरुलाइ विदेश पठाउनेबारे कहिल्यै नसोचको बताउदैं उनी छोरा बुहारी, श्रीमान सहित सबै परिवारका सदस्यहरु सँगै बस्न पाएकामो खुसी लागेको बताउछिन् । काठमाण्डौ जोड्ने मुख्य राजमार्गको छेउमा त्रिशुली किनारमा बालुवा निकाल्न देवीका छोरा सुमन पनि सँगै हुन्छन । सुमनका अनुसार यसपालि बालुवाको खासै भाउ पाईएन् । धेरै स्थानबाट बालुवा निकाल्ने गरेकाले राम्रो भाउ पाउन नसकेको सुमन बताउछन । 
गाडी हेरी ट्याक्टरको ३ हजार देखि टिपरको ८ हजार सम्ममा बालुवा बिक्री हुने गरेको छ । एक टिपरमा २ सय ५० थुन्छे अटाउछ । ४ जनाले जाँगर लगाएर काम गर्दा दिनभरिमा एक टिपर बालुवा निकाल्न सकिन्छ । रातो मसिनो, विभिन्न प्रकारका बालुवा हुने भएकाले सवारी चालकहरु आफैले छानेर राम्रो बालुवा मात्रै लैजाने गर्छन् ।  ।

उक्त स्थानबाट सिजनमा ४० जनाले बालुवा निकाल्छन । कसैले व्यक्तिगत तथा सामुहीक रुपमा निकाल्ने गरेको र थुन्छेमा बोकेर सडक छेउमा बेच्ने गरिन्छ् । नदिबाट निकालिएको बालुवा कहिलेकाँही बाढीले बगाउदा दुख लाग्ने गरेको सुमनले सुनाए । उनले भन,े ‘मरिमरि रगत जम्ने गरी निकालेको बालुवा सडकमा राख्दा भोली बिहान सम्म सबै बाढीले बगाएर लान्छ, त्यतिबेलाा साह्रै दुख लाग्छ ।’ सिजनमा गाँउका ४०, ५० घरका स्थानियहरु बालुवा निकालेर बेच्ने गरेको उनि बताउछन । बालुवा निकाल्न त्यति सजिलो छैन ।

बालुवा निकाल्ने क्रममा खोलाले धेरै जनालाइ बगाएको र कतिको त निधन समेत भएको सुमनले बताए । उनले भने, ‘कहिलेकाँही हामीलाइ पनि बगाउछ तर पौडीएर निस्कन्छौँ ।’ स्थानिय धन बहादुर तामाङका अनुसार स्थानिय मजदुरहरुले सिजनमा बालुवा निकालेर घर खर्च चलाउने गरेपनि कहिलेकाँही प्रहरी आएर अप्mठयारो पार्ने गर्छन् । नदिले बालुवा निकाल्ने क्रममा धेरै जनालाई बगाएपछि स्थानिय प्रशासनले बालुवा निकाल्न रोक्ने गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस