काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले चितवनको माडी नगरपालिका वडा नं १ स्थित बरुवाका २ स्थानीयको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।
जंगली हात्तीको आक्रमणबाट ६५ वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको मृत्यु भएको थियो ।
प्रचण्डले उनीहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । मृतक परिवारलाई उचित क्षतिपूर्तीको व्यवस्था गर्न पनि प्रचण्डले सरकारसँग माग गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट पटकपटक भइरहेको धनजनको क्षति प्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रचण्डले यसप्रकारका घटना दोहोरिन नदिन र जनताको जनधनको सुरक्षा गर्न सम्बन्धित पक्षसँग आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० कार्तिक २०७६, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य