कञ्चनपुर । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उल्लङ्घन रोकिनुपर्ने बताउनुभएको छ । पुनर्वास नगरपालिका–३ मा आज आयोजित वडाध्यक्षको उपनिर्वाचनको चुनावी कार्यक्रममा उहाँले उपनिर्वाचनका बेला सरकारी गाडीको दुरुपयोग बढेकाले तत्काल रोकिनुपर्ने बताउनुभयो ।
काङ्ग्रेसका तर्फबाट वडाध्यक्षमा चुनावी मैदानमा रहेका दीप तामाङको चुनावी प्रचारप्रसारका लागि पुग्नुभएका सभापति देउवाले वडाका सबै सडक कालोपत्रे गर्ने कार्यसँगै यस क्षेत्रको समृद्धिका लागि कार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो । पार्टीका उम्मेदवार तामाङलाई विजयी बनाउन सबै वडावासीको सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो ।
यसैबीच, बेलडाँडी गाँउपालिकाको चवन्नी बजारमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा पूर्वप्रधानमन्त्री देउवाले हुलाकी सडक निर्माणको कार्य आफ्नै कार्यकालमा प्रारम्भ गरिएको बताउनुभयो । “निर्माणको कार्य पूरा गर्ने जिम्मा वर्तमान सरकारको हो,” उहाँले भन्नुभयो, “समयमै निर्माणको कार्य पूरा भए यस क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाउने छन् ।”
“विकास निर्माण, सुशासनका कार्य अगाडि बढाउन सरकारले चासो दिए हामी सघाउन हामी तयार छौँ”, उहाँले भन्नुभयो । यसैक्रममा पार्टी सभापति देउवाले आजै बेलौरी नगरपालिका–७ मा निर्माणाधीन कालिका मन्दिरको अवलोकनसमेत गर्नुभयो ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा