चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनाललाई २०८२ साल फागुन महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको छ।
कार्यालयले सार्वजनिक गरेको प्रमाणपत्रअनुसार डीएसपी खनालले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले विभिन्न राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै सुरक्षा व्यवस्थापन मजबुत बनाएका थिए।
निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न, सम्भावित जोखिमको विश्लेषण गरी पूर्वतयारी गर्न तथा कुनै अप्रिय घटना हुन नदिन उनले उल्लेखनीय योगदान पुर्याएका थिए। साथै, जिल्लामा आयोजना भएका विभिन्न सभा, जुलुस तथा कार्यक्रमहरूको सुरक्षा व्यवस्थापनमा पनि उनको भूमिका प्रशंसनीय रहेको उल्लेख गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उत्कृष्ट कार्यसम्पादन, नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारी बहनको आधारमा खनाललाई ‘फागुन महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।
कार्यालयले उनलाई आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै बधाईसमेत दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०८२, १८ : ५७
लेखकबाट थप