काठमाडौँ । बढुवा समितिको सचिवालयले ७२ जनालाई अधिकृत पदमा बढुवा सिफारिस गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै रिक्त रहेका अधिकृत पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ ।
बढुवा समितिको मंगलबारको निर्णयअनुसार नेपाल विविध सेवा, महिला विकाश अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत एक जना, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत ५५ जना र नेपाल प्रशासन सेवा, राजस्व समूह, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत १६ जनालाई अधिकृत पदमा बढुवा सिफारिस गरिएको हो ।
यस्तै, नेपाल विविध सेवा, रेखा विशेषज्ञ, (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत भने कुनै पनि उम्मेदवारको दरखास्त परेको छैन ।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०८२, १२ : १३
लेखकबाट थप