काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मत परिणामसहितको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।
बिहीवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको हो । समारोहमा निर्वाचन आयोगका आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको पनि उपस्थिति रहेको थियो । त्यसैगरी आयोगका सचिव कृष्णबहादुर राउत लगायत अन्य उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो । प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग र संवद्ध सबै पक्षलाई धन्यवाद ज्ञापन गर्नुभयो । आयोगले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेसँगै अब नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ चैत्र २०८२, १९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
‘ज्येष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ’: राष्ट्रपति पौडेल
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल
‘गीत-संगीतले राष्ट्रिय एकता र भ्रातृत्व बलियो बनाउँछ: राष्ट्रपति पौडेल
‘जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ’ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी